You are viewing the translated version of पेशी सम्बन्धी व्यवस्था.

Rule 43
पेशी सम्बन्धी व्यवस्था
: (१) रजिष्ट्रारले आगामी हप्ताको
लागि पेशीको तारेख तोकिएका मुद्वाको दर्ताक्रम अनुसार साप्ताहिक पेशी सूची तयार गरी प्रत्येक हप्ताको शुक्रबार सम्ममा अध्यक्ष समक्ष पेश गरी अदालतको सूचना: पाटीमा टाँस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको पेशी सूचीमा मुद्दाका पक्षको नाम, मुद्दा दर्ता मिति, मुद्दाको नम्बर, मुद्दा पेश हुने दिन र मुद्दामा कानून व्यवसायी नियुक्त भएको भए निजको नाम समेत उल्लेख गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम _मुद्वाको दर्ता नम्बर लेख्दा मुलतबीबाट जागेका मुद्दा वा सर्वोच्च अदालतको निर्णय बमोजिम पुनः निर्णयका लागि दर्ता,भएको मुद्दाको सुरु दर्ता मितिलाई नै आधार मान्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम साप्ताहिक पेशी सूचीमा परेका मुद्दामध्येबाट रजिष्ट्रारले दैनिक मुद्दा पेशी सूची तयार गरी सूचनापाटीमा टाँस/गर्न लगाई सोको एक एक प्रति सबै सदस्यलाई दिनु पर्नेछ।
(५) उपनियम (१) बमोजिम दैनिक मुद्दा पेशी सूची तयार गर्दा मुद्दा/दर्ता मितिको आधारमा देहायको क्रममा तयार गर्नु पर्नेछः-
(क) हेदहिर्दै बाँकी रहेको मुद्दा,
(ख) ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र महिला पीडित समावेश भएको मुद्दा,
(ग) दर्ता क्रम अनुसारका मुद्दा